काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा पदाधिकारी चयनका लागि भएको मतदानको मतगणनामा उपसभापति र महामन्त्रीका उम्मेदवारबीच प्रतिस्पर्धा जारी छ।
पछिल्लो मतपरिणामअनुसार उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारीले १ हजार ५७ मत प्राप्त गर्दै अग्रता लिएका छन्। उनलाई मधु आचार्यले ७१२ मतसहित पछ्याइरहेका छन्। सुरेन्द्रराज पाण्डेले ६८०, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरीले ३०१ र प्रा.डा. चन्द्रमोहन यादवले १९३ मत प्राप्त गरेका छन्।
उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले ६१५ मतसहित अग्रता लिएका छन्। जीवन परियारले ५७८, सीता गुरुङले ३३४, फरमुल्लाह मन्सुरले २८५ र रञ्जित कर्णले १८३ मत प्राप्त गरेका छन्।
महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले १ हजार ३८१ मतसहित अग्रता कायम गरेका छन्। उदयशमशेर राणाले ७८६, अमरसिंह पुनले ६९५, डा. सुनिलकुमार शर्माले ५२६, गुरुराज घिमिरेले ३२८, नैनसिंह महरले २७०, शंकर तिवारीले ४६ र डा. सन्तोष उपाध्यायले २८ मत प्राप्त गरेका छन्।
महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला (पन्त) ले ९६५ मत प्राप्त गरेकी छन्। महालक्ष्मी उपाध्याय (डिना) ले ९५२ र रिता खनालले २५१ मत प्राप्त गरेकी छन्।
महाधिवेशनमा कुल ७ हजार ४३ मत खसेकोमा हालसम्म २ हजार २३१ मत गणना भएको छ। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्