महोत्तरी । मटिहानी नगरपालिकाभित्रका शारीरिक अशक्त (अपाङ्गता भएका) व्यक्तिहरूलाई सहज आवागमनमा सहयोग पु¥याउने उद्देश्यले ह्वीलचेयर वितरण कार्यक्रम सुरु गरिएको छ।
सोमबार आयोजित एक कार्यक्रमका बीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले ह्वीलचेयर वितरण कार्यक्रमको शुभारम्भ गरे ।
स्वास्थ्य कार्यालय महोत्तरीबाट प्राप्त ह्वीलचेयर मटिहानी नगरपालिकाभित्रका ४० जना शारीरिक अशक्त व्यक्तिलाई वितरण गरिने मटिहानी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन कुमार मण्डलले जानकारी दिए ।
ह्वीलचेयर वितरणबाट शारीरिक अशक्त व्यक्तिहरूको दैनिक आवागमन सहज हुनुका साथै उनीहरूको जीवनयापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस प्रकारका सहयोगमूलक कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको सहज पहुँच, आत्मनिर्भरता तथा सामाजिक सहभागिता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ।
कार्यक्रममा मटिहानी स्वास्थ्य चौकीमा कार्यरत मेडिकल अधिकृत कृष्णकुमार परियार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा दास, सूचना तथा प्रविधि अधिकृत जयकुमार यादव, सि.अ.हे.व. अधिकृत नागेश्वर पाण्डे, जनस्वास्थ्य अधिकृत स्मृति लगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
स्वास्थ्य कार्यालय महोत्तरीको सहयोग तथा मटिहानी नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको यस कार्यक्रमले नगरपालिकाभित्रका अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।


Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्