काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५८ सवारीसाधनमाथि कारबाही गरिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ असोज २८ गते बिहान ६ बजेसम्मको २४ घण्टामा मादक पदार्थ सेवन गरी सवारी चलाउने ४७, तीव्र गतिमा चलाउने ६६ र सिसिटिभीमार्फत पहिचान गरिएका २३ सवारीसाधनमाथि कारबाही गरिएको छ।
त्यस्तै, ट्राफिक बत्ती उल्लङ्घन गर्ने २३, अवस्था ठीक नभएका सवारीसाधन ३१, लेन अनुशासन उल्लङ्घन गर्ने नौ, अनावश्यक हर्न बजाउने आठ र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने दुई सवारीसाधनमाथि कारबाही गरिएको छ।
अन्य नियम उल्लङ्घनमा ४४९ सवारीसाधनमाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्