काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्य (खस आर्य महिला) पदमा डा. भद्रा पराजुली भण्डारी पहिलो नम्बरमा विजयी भएकी छिन् । खस आर्य महिलातर्फको मतगणनामा भण्डारीले ३ हजार १ सय ६६ मत प्राप्त गरेकी हुन्। ७ हजारभन्दा बढी मत खसेको उक्त समूहमा उनले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो स्थान हासिल गरेकी छिन्।
खस आर्य महिला केन्द्रीय सदस्य पदका लागि विभिन्न उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। उक्त पदका लागि जानुका पन्त, गीता देवकोटा, जानकी सिंह, अम्बिका सुवेदी, कृष्णकुमारी बस्नेत, सरिता तिम्सिना पंगेनी, चम्पादेवी खड्का, सन्तोषी साउद ऐरी, उर्मिला कँडेल र शोभा अधिकारीलगायतले उम्मेदवारी दिएका थिए।
त्यसैगरी बिन्दु मल्ल ठकुरी (आस्था), निर्मला वस्ताकोटी (निरु खड्का), हिरा भट्टराई, सीतादेवी पौडेल, सुजना कार्की, प्रमिला लम्साल, निर्मला कुमारी रावल कार्की, सरस्वती भट्ट, कमला लामिछाने, सीता ज्ञवाली, माधवी शर्मा वाग्ले, शान्ता बास्कोटा, नारायणी रायमाझी, बसन्ती भाट, गीता सिंखडा, सुमनकुमारी संज्याल, राधाकुमारी कुँवर क्षेत्री, निर्मला रिसाल र सृजना लामिछाने फुँयाल पनि प्रतिस्पर्धामा थिए।
खस आर्य महिला समूहबाट केन्द्रीय सदस्य पदमा ८ जना निर्वाचित हुने व्यवस्था छ। भण्डारीले सबै प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो स्थानमा विजयी भएकी हुन्।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्