काठमाडौँ। साताको कारोबारको अन्तिम दिन सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले घटेको हो।
यो गिरावटसँगै आज सुन प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कायम भएको छ। कारोबारको अघिल्लो दिन सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ८२५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको ३ हजार ९३० रुपैयाँमा किनबेच भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्