काठमाडौं । नेपाली कांग्रेसले नेपाल तरुण दलको अध्यक्षमा दिल लामालाई मनोनीत गरेको छ ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले कात्तिक १२ गतेको मितिमा लामालाई अध्यक्ष पदमा मनोनीत गरेको पत्रमार्फत जानकारी गराएको हो ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम उनलाई अध्यक्ष पदमा मनोनीत गरिएको पत्रमा उल्लेख छ ।
त्यसैगरी, आगामी छ महिनाभित्र नेपाल तरुण दलको महाधिवेशन सम्पन्न गरी संगठनलाई थप मजबुत बनाउने विश्वाससमेत पत्रमा व्यक्त गरिएको छ ।
मनोनीतसम्बन्धी पत्रमा १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाको हस्ताक्षर रहेको छ ।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्