एनपीएल:विराटनगरद्वारा सुदूरपश्चिमलाई १०६ रनको चुनाैती
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तरगत आजकाे तेस्राे खेलमा बिराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई १०६ रनको चुनाैती दिएको छ। वर्षाका कारण खेल ५ ओभरमा छाेट्याएकाे थियाे।
त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेटको क्षतिमा १०५ रन बनायाे ।
जसमा शेहान जयसुर्याले ३९,आन्द्रे रसेलले २८ , लाेकेश बमले २५ रन बनायाे।
सुदूरपश्चिमका अभिनास बाेहराले २ विकेट हात पारे।
एकमा हार र एकमा जित निकाले सुदूरपश्चिम तेस्रो खेल खेल्दैछ । तेस्रो खेल नै खेल्न लागेको विराटनगर यसअघिकै दुबै खेलमा पराजित भएको थियो ।
हालसम्म प्रतियोगितामा लगातार दुई खेल जितेर ४ अंकसहित कर्णाली याक्स शिर्ष स्थानमा छ । एक खेल खेलेको पोखरा एभेन्जर्स पुछारमा छ ।
यसअघि आजै हुने भनिएकाे लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल वर्षाकै कारण रद्द भएको थियाे। याे खेल टस नै हुन नपाएर खेल रद्द भएको हाे।
खेल रद्द भएसँगै दुबै टाेलीले १/१ अंक बाँडेका छन्।
अंक बाँडेसँगै लुम्बिनी ३ अंकसहित दाेस्राे र समान ३ अंकसहित चितवन तेस्रोमा उक्लिएकाे छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्