काठमाडौँ। सरकारी कार्यालयको समय भोलिदेखि परिवर्तन हुने भएको छ । जाडोयामको समयतालिका अनुसार सरकारले भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो ।
गृह मन्त्रालयले नेपाल राजपत्रमा यसअघि नै सूचना प्रकाशित गरी कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म लागू हुने जाडोयामको कार्यालय समय निर्धारण गरेको थियो।सोहि सुचना अनुसार भोलिबाट सरकारी कार्यालयको खुल्ने समय परिवर्तन गरिएको हो।
आजसम्म सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए। नयाँ समयतालिकाअनुसार सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिहान ९ बजे खुल्नेछन् भने दिउँसो ४ बजे बन्द हुनेछन्। यद्यपि, शैक्षिक संस्थालगायत तोकिएका निकायमा यो समयतालिका लागू नहुने सूचनामा उल्लेख छ।
सरकारले हरेक वर्ष जाडोयाममा दिन छोटो हुने भएकाले कार्यालय समय घटाउँदै आएको छ। माघ १५ गतेसम्म लागू हुने यो व्यवस्था त्यसपछि पुनः परिवर्तन हुनेछ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्