‘युवामा क्षमता, खेलकुदमा एकता’ नारासहित मुगुमा दोस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु
दानबहादुर बुढा, नेपाल न्यूज बैंक
मुगु । ‘युवामा क्षमता, खेलकुदमा एकता’ भन्ने मूल नाराका साथ छायाँनाथ रारा नगरपालिकामा ‘दोस्रो मेयर कप फुटबल प्रतियोगिता–२०८३’ सुरु भएको छ । बुधबार एक औपचारिक उद्घाटन समारोहका बीच प्रतियोगिताको शुभारम्भ गरिएको हो ।
प्रतियोगिताको उद्घाटन समारोहलाई थप रोचक बनाउँदै नेपाल पत्रकार महासंघ मुगु र छायाँनाथ रारा नगरपालिकाका कर्मचारीबीच एक मैत्रीपूर्ण उद्घाटन खेल सम्पन्न गरिएको थियो । आपसी सद्भाव र खेलकुदप्रतिको उत्साह बढाउने उद्देश्यले आयोजित सो मैत्रीपूर्ण खेलले उद्घाटन समारोहमा विशेष रौनक थपेको थियो ।
नगरपालिकाभित्र छरिएर रहेका प्रतिभावान खेलाडीहरूको पहिचान गरी खेलकुद गतिविधिहरूलाई अगाडि बढाउने मुख्य उद्देश्यका साथ यस प्रतियोगिताको आयोजना गरिएको नगर प्रमुख विष्णुकुमार भामले बताएका छन् । स्थानीय तहमा खेल क्षेत्रको विकास र युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्न मेयर कपजस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
प्रतियोगितामा छायाँनाथ रारा नगरपालिकाभित्रका वडा नं. १ देखि १४ सम्मका विभिन्न वडाबाट कुल ४२ वटा टिमहरूको सहभागिता रहेको छ । पालिकाभरिबाट भारी संख्यामा टिमहरू दर्ता भएकाले प्रतियोगितामा कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।
यस प्रतियोगिताले स्थानीय स्तरमा छिपेका खेल प्रतिभाहरूलाई बाहिर ल्याउन र खेलकुदका माध्यमबाट युवाहरूलाई गोलबन्द गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।












Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्