धनगढी । सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइएको छ ।
धार्मिक मान्यताअनुसार कार्तिक कृष्ण त्रयोदशीका दिन समुद्र मन्थनका क्रममा भगवान् धन्वन्तरी हातमा अमृतको कलश र आयुर्वेद ग्रन्थ लिएर प्रकट भएका थिए । सोही दिनको सम्झनामा धन्वन्तरी जयन्ती मनाउने गरिएको हो ।धन्वन्तरीलाई आरोग्य र स्वास्थ्यका देवताका रूपमा मानिने सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक ओमप्रकाश कलौनीले बताए । उनका अनुसार यस वर्ष ‘प्रकृतिअनुकूल आहारविहार’ भन्ने नाराका साथ धन्वन्तरी दिवस मनाइएको हो ।
नेपालमा राष्ट्रिय आरोग्य दिवस २०५६ सालदेखि मनाउन थालिएको हो । यस अवसरमा आयुर्वेद क्षेत्रका वैद्य, चिकित्सक तथा सर्वसाधारणले आयुर्वेदको महत्त्वबारे जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
‘सुस्वास्थ्य, दीर्घायु र हितायु’का लागि आयुर्वेदको परिकल्पना गरिएको बताउँदै कलौनीले सोही उद्देश्यअनुसार राष्ट्रिय आरोग्य दिवस मनाउने गरिएको बताए ।
उनका अनुसार आयुर्वेदका ६० प्रतिशतभन्दा बढी कार्यक्रम रोग प्रतिरोधात्मक क्षमता बढाउने र रोग लाग्न नदिनेतर्फ केन्द्रित छन् । यसका लागि प्रदेशमा स्वस्थ जीवन कार्यक्रम नियमित सञ्चालन हुँदै आएको छ ।
त्यस्तै नसर्ने रोगको परीक्षण तथा पहिचान, रोगथामका अभ्यास, मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान तथा निदानलगायतका कार्यक्रम पनि आयुर्वेद चिकित्सालयमार्फत नियमित सञ्चालन हुँदै आएको कलौनीले बताए ।









Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्