काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा व्यस्त नेपाली क्रिकेटरहरूले पनि तिहार पर्व मनाएका छन् । प्रतियोगिताको खेल र अभ्यासको चटारोबीच खेलाडीहरूले लक्ष्मीपूजा गर्दै तिहार मनाएका हुन् ।
काठमाडौं गुर्खाजका कप्तान करण केसी, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल र चितवन राइनोजका कप्तान सोमपाल कामीले लक्ष्मीपूजा गरेका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनीहरूले लक्ष्मीपूजाका अवसरमा घरमा विधिपूर्वक पूजाआजा गर्दै पर्व मनाएका हुन् ।
त्यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी गुल्शन झा र टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाई पनि तिहारको उत्सवमा सहभागी भएका छन् । उनीहरूले पनि सामाजिक सञ्जालमार्फत तिहार मनाएका तस्बिर सार्वजनिक गरेका छन् ।
एनपीएलका कारण यतिबेला नेपाली क्रिकेटका चर्चित खेलाडीहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा व्यस्त छन् । आठ टोली सहभागी प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडीसहित स्वदेशी तथा विदेशी खेलाडीहरू प्रतिस्पर्धा गरिरहेका छन् । खेल तालिका, अभ्यास र टोलीको तयारीका कारण खेलाडीहरूको अधिकांश समय क्रिकेटमै बितिरहेको छ ।
प्रतियोगिताको व्यस्त तालिकाबीच लक्ष्मीपूजाका दिन भने खेलमा विश्राम दिइएको थियो । आइतबार (कात्तिक २३ गते) लक्ष्मीपूजाका कारण कुनै खेल राखिएको थिएन । सोही अवसरमा खेलाडीहरूले परिवार तथा आफन्तसँग समय बिताउँदै पूजाआजा गरेर तिहार मनाएका हुन् । सोमबारदेखि प्रतियोगिताका खेल पुनः सुरु भएका छन् ।
एनपीएलमा सहभागी खेलाडीहरू प्रतियोगिताका कारण आफ्नो नियमित खेल गतिविधिमा व्यस्त रहे पनि चाडपर्वका अवसरमा सांस्कृतिक तथा धार्मिक परम्परालाई निरन्तरता दिन पछि परेनन् । मैदानमा बल र ब्याटसँग प्रतिस्पर्धा गरिरहेका खेलाडीहरू तिहारका अवसरमा भने पूजाआजा र उत्सवमा रमाएका देखिएका छन् ।
खेलाडीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका तस्बिरमा क्रिकेटको व्यस्तताबीच पनि तिहारको खुसी साटासाट गरेको देखिन्छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्