काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) को नाममा भाइरल भएको पत्र झूटो रहेको खुलाशा भएको छ । सामाजिक सञ्जालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को लेटरहेड प्रयोग गरी असोज १५ गतेदेखि परीक्षा पुनः सञ्चालन हुने दाबी गरिएको पत्र भाइरल भएपछि उक्त सूचना पूर्ण रूपमा झूटो र भ्रामक रहेको स्पष्ट भएको हो।
भाइरल बनाइएको पत्रमा २०८३ सालको मिति राखी विद्यार्थी तथा अभिभावकलाई अल्मल्याउने प्रयास गरिएको पाइएको छ।
उक्त पत्र आधिकारिक नभएको र यसले विद्यार्थीहरूमाझ अनावश्यक भ्रम तथा अन्योल सिर्जना गरेको जनाइएको छ। सम्बन्धित निकायले यस्ता तथ्यहीन र फेक सूचनाको पछि नलाग्न तथा भ्रम फैलाउने गतिविधिमा संलग्न नहुन सबैमा आग्रह गरेको छ। परीक्षासम्बन्धी कुनै पनि निर्णय, सूचना तथा आधिकारिक जानकारी CTEVT बाट सार्वजनिक गरिने भएकाले सामाजिक सञ्जालमा फैलाइएका अपुष्ट सूचनाप्रति सचेत रहन अनुरोध गरिएको छ।
CTEVT ले परीक्षाको विस्तृत तालिका (Routine) र परीक्षा केन्द्रसम्बन्धी आधिकारिक विवरण छिट्टै सार्वजनिक गर्ने जनाएको छ। त्यसैले परीक्षासम्बन्धी अद्यावधिक र विश्वसनीय जानकारीका लागि CTEVT को आधिकारिक वेबसाइटमा मात्र भरोसा गर्न विद्यार्थी तथा अभिभावकलाई आग्रह गरिएको छ।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्