Skip to content

१५ यूजलेटर प्रकाशन गर्दै सेन्ट जेभियर्सको शैक्षिक वर्ष समापन

nmb bank inside

काठमाडौं । सेन्ट जेभियर्स कलेजका सामाजिक कार्य र मनोविज्ञान विषयमा प्रमुख अध्ययन गर्दै पत्रकारितालाई ऐच्छिक विषयका रूपमा लिएका अन्तिम वर्षका विद्यार्थीले १५ वटा न्यूजलेटर प्रकाशन गर्दै शैक्षिक वर्षको समापन गरेका छन्।

कलेजमा आयोजित न्यूजलेटर विमोचन समारोहमा विद्यार्थीहरूले विभिन्न समूहमा विभाजित भएर तयार पारेका १५ वटा न्यूजलेटर सार्वजनिक गरिएको हो।

तीमध्ये दुई समूहले गैरसरकारी संस्था आशा नेपाल र अर्चिड गार्डेन नेपालका लागि क्रमशः ‘आशा आवाज’ र ‘द अर्चिड क्रोनिकल्स’ नामक न्यूजलेटर तयार गरेका छन्।

लेखन परियोजनामार्फत करिब १०० विद्यार्थी कक्षाकोठाको सिकाइलाई वास्तविक कार्यक्षेत्रसँग जोडिन पुगेका छन्। परियोजनाले विद्यार्थीलाई आफूले हासिल गरेको ज्ञान तथा सीप व्यवहारमा प्रयोग गर्दै रोजगारी बजार र सम्भावित रोजगारदातासँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्रदान गरेको कलेजले जनाएको छ।

न्यूजलेटर विमोचन कार्यक्रममा कलेजकी उपप्राचार्य सालुजा चन्द, मेजर आट्र्स विभागका प्रमुख शिशिरकुमार भुसाल, सहभागी गैरसरकारी संस्थाका प्रतिनिधि तथा कलेजका प्राध्यापकहरूको उपस्थिति थियो।

कलेजका पत्रकारिता विषयका फ्याकल्टी लिड चुनबहादुर गुरुङले सञ्चार सीप सबै विषयका विद्यार्थीका लागि आवश्यक रहेको बताए। उनले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्न लेखन परियोजनामार्फत विद्यार्थीलाई वास्तविक काममा संलग्न गराइएको बताए।

उनका अनुसार सन् २०२३ ब्याचका ९१ जना विद्यार्थीले १५ वटा न्यूजलेटर तयार गरेका हुन्। ‘आशा आवाज’ र ‘द अर्चिड क्रोनिकल्स’ दुई गैरसरकारी संस्थाका लागि तयार गरिएको उनले बताए।

कलेजका प्राचार्य फादर डा. अगस्टिन थोमस, एस.जे.ले विद्यार्थीलाई व्यावहारिक सिकाइ र वास्तविक संसारको काममा संलग्न गराउने पहल प्रशंसनीय रहेको बताए। उनले यस्तो परियोजनाले कक्षाकोठाको सिकाइलाई कार्यक्षेत्रसँग जोड्नुका साथै विद्यार्थीले आफ्नो ज्ञानलाई समुदायका लागि अर्थपूर्ण काममा प्रयोग गर्ने अवसर पाएको उल्लेख गरे।

कलेजका अनुसार विद्यार्थीको रोजगारीयोग्यता अभिवृद्धि गर्ने परियोजना–आधारित तथा सीप–आधारित शिक्षाको अवधारणासँग यो परियोजना विश्वविद्यालय अनुदान आयोगको रणनीतिक योजना २०२४–२०२९ सँग समेत मेल खान्छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्