Skip to content

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ११ जनालाई कारबाही

nmb bank inside

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ११ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ११ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १११, सिसिटिभिमार्फत ८५, रातोबत्तीमा १०१ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा १४२, हर्न निषेधमा ३६, लेन क्रसमा ३०, अवस्था ठिक नभएको २६, एकतर्फीमा ६ र अन्यमा ४६६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्