काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले राष्ट्रिय बाल दिवस तथा नेपाली नारीहरूको महान् सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा सम्पूर्ण बालबालिका, विद्यार्थी, युवा, नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेको छ ।
समितिका इन्चार्ज निरोज श्रेष्ठले बाढी, पहिरो तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै विपद्मा परेका नागरिकको शीघ्र स्वास्थ्यलाभ तथा विस्थापित र प्रभावित नागरिकको सुरक्षित पुनस्र्थापना, प्रभावकारी राहत तथा पुनर्निर्माणका लागि सम्बन्धित निकायसँग दृढ पहल गर्न आग्रह गरेको छ ।
जारी शुभकामना सन्देशमा यस वर्षको तीज तथा बाल दिवसलाई केवल उत्सवका रूपमा मात्र नभई संवेदना, सामाजिक उत्तरदायित्व, मानवीय एकता र सहयोगको संस्कृतिलाई सुदृढ गर्ने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिइएको छ ।
समितिले बालबालिकाको अधिकार, गुणस्तरीय शिक्षा, सुरक्षा र सम्मान सुनिश्चित गर्दै शोषण, विभेद तथा अन्यायमुक्त समाज निर्माणका लागि संगठित संघर्षलाई अझ सशक्त बनाउन आह्वान गरेको छ ।
साथै, नेपाली महिलाको सम्मान, समान अधिकार, नेतृत्व र मुक्तिको अभियानलाई थप उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
सन्देशमा ‘विपदमा एकता, राहतमा सक्रियता !’, ‘बाल अधिकार, महिला अधिकार र सामाजिक न्यायका पक्षमा दृढतापूर्वक अघि बढौँ !’ तथा ‘संघर्ष, एकता र रूपान्तरणको यात्रालाई निरन्तर अगाडि बढाऔँ !’ भन्ने आह्वान गरिएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्