रास्वपा संसदीय दलका सदस्यले प्रधानमन्त्री राहत कोषमा जनही १५ हजार योगदान गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री राहत कोषमा जनही न्यूनतम १५ हजार रुपैयाँ योगदान गर्ने भएका छन्।
रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार संसदीय दलका पदाधिकारीबीच भएको अनौपचारिक छलफलबाट सदस्यहरूको तर्फबाट थप जनही १५ हजार रुपैयाँ योगदान गर्ने प्रस्ताव अघि बढाइएको हो।
यसअघि नै रास्वपाले पार्टीको तर्फबाट प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय गरिसकेको छ। उक्त रकममा संसदीय दलका सदस्यहरूबाट पार्टीमा कट्टा झई जाने मासिक लेवीसमेत समावेश गरिएको बुर्लाकोटीले बताएका छन्।
यसका अतिरिक्त संसदीय दलका सदस्यहरूले व्यत्तिगत रूपमा समेत प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने स्वघोषणा गरेका छन्। सदस्यहरूबाट न्यूनतम १५ हजार रुपैयाँका दरले योगदान गर्दा करिब २७ लाख १५ हजार रुपैयाँ जम्मा हुने जनाइएको छ।
मुख्य सचेतक बुर्लाकोटीले सदस्यहरूबाट जम्मा हुने १५ हजार रुपैयाँभन्दा माथिको रकमसमेत समेटेर उक्त योगदान कार्यान्वयन गर्न लागिएको जानकारी दिएका छन्।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्