Skip to content

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७८७ जनालाई कारबाही

nmb bank inside

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७८७ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७८७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७५, सिसिटिभिमार्फत ६५, रातोबत्तीमा ८७ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा ११७, हर्न निषेधमा १९, लेन क्रसमा १२, अवस्था ठिक नभएको २४, एकतर्फीमा ४ र अन्यमा ३८८ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्