भेरीको काखमा फैलिएको जीवन (फोटो फिचर)
हेमन्त केसी, नेपाल न्यूज बैंक
सुर्खेतको गुर्भाकोट नगरपालिका भएर बग्ने भेरी नदीमा बनेको पक्की पुलले दुई किनारलाई मात्र नभई यहाँका बस्ती, फाँट र जनजीवनलाई एकापसमा जोडेको छ। पुलमाथि उभिएर हेर्दा देखिने हरिया खेतबारी, पहाडका फेदीमा सजिएका घरहरू र नदी किनारका बस्तीले कर्णालीको भूगोल र समाजको जीवन्त तस्बिर झल्काउँछन् । भेरी किनारका उर्बर समथर फाँटहरू स्थानीय बासिन्दाको बाँच्ने आधार बनेका छन्। बाह्रैमास बग्ने नदीको पानी सिँचाइमा उपयोग हुँदा यहाँ धान, मकै र मौसमी बाली लहलहाउँछन्। यी हरिया खेतहरू स्थानीयको खाद्यान्न आपूर्ति मात्र नभई आम्दानीको दरिलो स्रोतसमेत हुन् ।








Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्