काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले औषधिको आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन रियल टाइम अनुगमनसहितको प्रभावकारी प्रणाली विकास गर्नुपर्ने बताएकी छन् ।
नेपाल औषधि थोक व्यवसायी संघको १०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कार्कीले उत्पादकदेखि बिरामीसम्म औषधि समयमै, गुणस्तरीय र सुलभ मूल्यमा पुग्ने गरी आपूर्ति प्रणाली विकास गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘अब म्यानुफ्याक्चरदेखि उत्पादक र उपभोक्तासम्म एवम बिरामीसम्म कसरी पु¥याउने त ? उत्पादन, भण्डारण, बजारीकरणको कुरा आउँछ । बजारीकरण गर्दा सप्लाई चेनको कुरा आउला अनि कोल्ड चेन मेन्टेनेन्सको पनि कुरा आउँछ । त्यस्तै रेगुलेसन र असेस्मेन्टको कुरा पनि छ । एकचोटि मात्र असेस् गरेर हुँदैन । त्यो औषधि बिरामीको हातमा पुग्दासम्म गुणस्तर छ कि छैन, रिपिटेड्ली, रेगुलर रि–असेस् गरिराख्नुपर्ने हुन्छ । जनतालाई, आम नागरिकलाई बुझाउन जरुरी छ ।’
उनले औषधिको आपूर्ति शृंखलामा उत्पादन, भण्डारण, बजारीकरण, कोल्ड चेन, नियमन र नियमित गुणस्तर परीक्षणलगायतका पक्षलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताइन् । औषधि बिरामीको हातमा पुग्दासम्म गुणस्तर कायम छ कि छैन भन्ने विषयमा नियमित पुनःमूल्यांकन गर्नुपर्ने उनको भनाइ छ ।
कार्कीले औषधि थोक व्यवसायीको भूमिका उत्पादकबाट खुद्रा बिक्रेतासम्म औषधि पुर्याउनेमा मात्र सीमित हुन नहुने बताइन् । बजारमा कुन औषधिको माग बढी छ, कुन औषधिको अभाव छ र कहाँ कुन औषधि मौज्दातमा छ भन्ने जानकारी उत्पादक तथा राज्यका सम्बन्धित निकायसम्म पुर्याउने भूमिका पनि थोक व्यवसायीले निर्वाह गर्नुपर्ने उनले बताइन् ।
कार्कीले एकातिर फार्मेसी तथा अस्पतालमा औषधि लामो समयसम्म मौज्दात रहने र म्याद सकिन लाग्ने अवस्था रहेको तथा अर्कोतर्फ आवश्यक औषधि नपाएर बिरामीले विभिन्न ठाउँमा भौँतारिनुपर्ने अवस्था रहेको बताइन् ।
यस्तो समस्या समाधानका लागि औषधिको माग र मौज्दातबारे समन्वय गर्ने प्रभावकारी प्रणाली आवश्यक रहेको उनको भनाइ छ ।
उनले औषधि आपूर्तिमा ‘डिमान्ड बेस्ड सप्लाई’ प्रणाली लागू गर्नुपर्नेमा जोड दिइन् । खुद्रा बिक्रेताले आवश्यकताभन्दा बढी औषधि लिनुपर्ने अवस्था हुँदा अनावश्यक मौज्दात बढ्ने र म्याद सकिने जोखिम हुने भन्दै मागका आधारमा आपूर्ति गर्नुपर्ने उनले बताइन् ।







Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्