भारतीय दर्शकदेखि नेपाली दर्शकसम्मको रोजाइमा ‘झिंगेदाउ २’, परिवार र संस्कृतिको कथा भन्दै गरे प्रशंसा
काठमाडौं । नेपाली चलचित्र ‘झिंगेदाउ २’ प्रदर्शनमा आएको चौथो दिनमै नेपाली दर्शकसँगै भारतीय दर्शकबाट समेत सकारात्मक प्रतिक्रिया पाउन सफल भएको छ ।
सोमबार ललितपुरस्थित लविङ महलमा चलचित्र हेर्न पुगेका दर्शकहरूले ‘झिंगेदाउ २’ मनोरञ्जनसँगै परिवार, संस्कार, सम्बन्ध र सामाजिक विषयलाई प्रस्तुत गरेको चलचित्र भएको प्रतिक्रिया दिएका छन् ।
चलचित्र हेर्न भारतबाट आएका एक दर्शकले नेपाली भाषा नबुझे पनि चलचित्रको कथा र भावनासँग आफू जोडिन सकेको बताए । उनले चलचित्रले नेपाली समाज, संस्कृति र आमासँगको सन्तानको सम्बन्धलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरे ।
उनले भने, ‘मै तो इन्डिया से हु। नेपाली नै समझा। नेपाली नै समझा लेकिन इमोशन इतना भरा हुआ था, रोना आ गया। आज मै फर्स्ट टाइम देखा नेपाली फिल्म। और मेरा इमोशन इतना आ गया, रोना आ गया। स्टोरी तो समझमे आगया। और मतलब समाज के लिए ये सब फिल्म अभी बहोत जरुरी है। देखिए आजो अभी मैने जिनका भी अभिनय देखा तो बहोत बढिया है। सबसे ज्यादा लगा की नेपाल का खुदका जो संस्कृति है उसको इस फिल्ममे दिखाया गया। गाव का जो कल्चर है, मा के साथ बच्चे का रिलेशनशिप है। सो ओवरअल गुड और फाइभ स्टार रेटिंग।’
यस्तै, अर्का दर्शकले चलचित्रले आमाबुवाको महत्त्व र आफूले गर्ने कर्मको परिणामबारे राम्रो सन्देश दिएको बताए । उनले भने, ‘एकदमै राम्रो लाग्यो, आमाको भ्यालु बुझाको छ। र जे कर्म गर्छौँ हामीले त्यही चिज पाउँछौँ त्यसको फल। त्यही भएर कर्म राम्रो गरौँ भन्ने कुराहरु बुझाको छ, एकदमै राम्रो।’
लामो समयपछि चलचित्र हेर्न पुगेका अर्का दर्शकले ‘झिंगेदाउ २’ ले जीवित छँदै आमाबुवालाई माया र सम्मान गर्नुपर्ने सन्देश दिएको बताए । करिब २० वर्षपछि आफूले चलचित्र हेरेको बताउँदै उनले परिवार एकताबद्ध भएर बस्नुपर्ने विषय चलचित्रले प्रभावकारी रूपमा उठाएको प्रतिक्रिया दिए ।
उनले भने, ‘एकदमै राम्रो लाग्यो। यसमा चाहीँ विशेष गरी पछि पछुताउने होइन कि अहिले आमा जीवित हुँदाखेरि नै आमालाई माया गर्नुपर्छ, रेस्पेक्ट दिनुपर्छ भनेर एउटा राम्रो लेसन दिएको रैछ। यो लामो समयपछि, धेरै वर्षपछि चाहीँ मैले आज फिल्म हेरिरहेको छु। करिब २० वर्ष भइसक्यो होला मैले हेरेको थिएन।’
उनले चलचित्रले अहिलेको पुस्तालाई परिवार र आमाबुवाप्रतिको जिम्मेवारी बुझाउन सक्ने भन्दै बालबालिकालाई समेत यस्तो चलचित्र देखाउनुपर्ने बताए ।
उनले परिवारमा आपसी प्रेम, एकता र सम्बन्धको महत्त्व बुझाउने भएकाले चलचित्र बालबालिका तथा विद्यालयका विद्यार्थीलाई समेत देखाउनुपर्ने धारणा राखे ।
उनले भने, ‘घरपरिवार कसरी मिलेर बस्ने, फ्यामिलीलाई कसरी राख्ने भन्ने एकदमै लेसन मिल्ने भएको कारणले यो बच्चाहरुलाई पनि देखाउन जरुरी छ। यो सानो सानो बच्चाहरु उनीहरुको दिमागमा हामीले सानै बेलादेखि चाहीँ आमाबुवाप्रतिको माया, प्रेम र क्लोजनेसको विषयमा यो स्टोरी देखायो भनेदेखि ठूलो हुँदाखेरि सायद त्यो बच्चाको दिमागमा चाहीँ आमाबाबुप्रतिको भाव, श्रद्धा चाहीँ बढेर जाने भएको कारणले यो चाहीँ स्कुलको स्टुडेन्टहरुलाई पनि देखाउन जरुरी छ जस्तो लाग्छ।’
चलचित्रले परिवारभित्रको सम्बन्ध, आमाबुवाप्रतिको प्रेम, कर्मको फल तथा नेपाली ग्रामीण परिवेश र संस्कृतिलाई कथाको केन्द्रमा राखेको छ । दर्शकको प्रतिक्रियाले चलचित्र मनोरञ्जनसँगै सामाजिक र पारिवारिक सन्देशका कारण पनि चर्चामा रहेको देखाएको छ ।










Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्