काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार रुपैयाँले घटेको हो।
यो गिरावटसँगै आज सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलाको २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५५ रुपैयाँले घटेको छ । यो सँगै आज चाँदी ४ हजार ५१० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो चाँदी ४ हजार ६६५ रुपैयाँमा कारोबार भएको थियो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्