काठमाडौं । आज विश्व मुटु दिवस मनाइँदै छ । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाउने गरिन्छ । सन् १९९९ मा विश्व मुटु सङ्गठन र विश्व स्वास्थ्य सङ्घको संयुक्त प्रयासमा यो विश्व मुटु दिवस मनाउन सुरु भएको हो ।
नेपालले पनि सन् २००० देखि विश्व मुटु दिवस मनाउँदै आइरहेको छ ।
यो वर्षको नारा “कुनै पनि पल नछुटाउनुहोस्” भन्ने रहेको छ । विशेष गरी मुटु रोगका लुकेका लक्षणहरूलाई समयमै चिन्न, नियमित स्वास्थ्य जाँच गर्न र मुटुको ख्याल राख्न प्रेरित गर्छ। यसले मुटुको धड्कन वा स्वास्थ्यसम्बन्धी कुनै पनि संकेतलाई बेवास्ता नगरौं भन्ने गहिरो सन्देश दिएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्