Skip to content

उजुरी पर्दैमा व्यक्ति दोषी हुँदैन : सांसद कुँवर

nmb bank inside

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुँवर क्षेत्रीले कुनै व्यक्तिविरुद्ध उजुरी पर्दैमा उक्त व्यक्ति दोषी नहुने भन्दै उजुरीको प्रारम्भिक तथ्य जाँचपछि मात्रै कानुनी प्रक्रिया अघि बढाउनुपर्ने बताएकी छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै क्षेत्रीले उजुरी गर्न पाउनु नागरिकको अधिकार भए पनि वास्तविक उजुरीकर्ताको संरक्षण गर्ने दायित्व राज्यको भएको बताइन् । तर, उजुरी परेको आधारमै व्यक्तिलाई दोषी ठहर गर्ने प्रवृत्ति बढ्दै गएको उनको भनाइ छ ।

संविधानले कसुर प्रमाणित नभएसम्म व्यक्तिलाई निर्दोष मान्ने सिद्धान्त सुनिश्चित गरेको उल्लेख गर्दै उनले व्यवहारमा भने आधारहीन उजुरीकै भरमा स्पष्टीकरण माग्ने, व्यक्तिको नाम सार्वजनिक गर्ने तथा सामाजिक सञ्जालमार्फत दोषीका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति देखिएको बताइन् ।

आरोप पुष्टि नभए त्यसबाट सम्बन्धित व्यक्तिको पेशा, प्रतिष्ठा र परिवारमा पुग्ने क्षतिको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत उनले उठाइन् । क्षेत्रीले मुलुकी देवानी तथा फौजदारी संहिता र भ्रष्टाचारसम्बन्धी कानुनमा झुटा तथा बदनियतपूर्ण उजुरीसम्बन्धी व्यवस्था भए पनि अधिकतम जरिवाना पाँच हजार रुपैयाँ मात्रै रहेको बताइन् ।

उनले उजुरी परेपछि त्यसको तथ्यमा आधारित प्रारम्भिक परीक्षण गर्नुपर्ने र आरोपमा पर्याप्त आधार देखिएमा निष्पक्ष रूपमा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिइन् । कसैलाई बदनाम गर्ने उद्देश्यले झुटा वा आधारहीन उजुरी दिने व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको माग छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्