Skip to content

संघीय संसदको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने

nmb bank inside

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् ।राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार २०८३ साल असोज १६ गते शुक्रबार राति १२ बजेदेखि संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य हुनेछ ।

मन्त्रिपरिषद्ले गत असोज १३ गते अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपतिबाट अधिवेशन अन्त्य गरिएको हो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्