काठमाडौँ। सरकारले महिला कर्मचारीका लागि महिनावारी बिदा (रजस्वला बिदा) दिने नयाँ व्यवस्था प्रस्ताव गरेको छ । संसद्मा दर्ता गरेको ‘सङ्घीय निजामती सेवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को बुँदा नम्बर १२५ मा महिनावारी/रजस्वला बिदासम्बन्धी व्यवस्था समावेश गरिएको हो ।
प्रचलित कानुनमा बिरामी बिदा, प्रसूति बिदा तथा प्रसूति स्याहार बिदाजस्ता सुविधाहरू मात्र सीमित थिए । तर यो बुंदामा सरकारी सेवामा कार्यरत महिला कर्मचारीले महिनावारीका समयमा अलग्गै बिदा पाउने व्यवस्था प्रस्ताव गरिएको हो।
विधेयक पारित भएमा महिला कर्मचारीलाई महिनावारीका दिनमा स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै नियमित बिदाभन्दा अतिरिक्त छुट्टै बिदा उपलब्ध गराइनेछ।
यो व्यवस्थालाई महिला कर्मचारीको स्वास्थ्य सुरक्षा, कार्यस्थलमा सहजता र समावेशी सेवाको दृष्टिकोणबाट महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्