Skip to content

पक्राउ पुर्जी जारी भएपछि भागेर वीरगञ्ज पुगे प्रभु बैंकका सिइओ शर्मा, सोमबार आत्मसमर्पण गर्ने !

nmb bank inside

काठमाडौँ । पक्राउ पुर्जी जारी भएपछि प्रभु बैंकका सिइओ सुमन शर्माले काठमाडौँ छोडेको खुलासा भएको छ । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाएलगत्तै उनी काठमाडौँ छोडेर पर्सा पुगेको खुलेको हो ।

हाल उनी वीरगञ्जमा लुकेर बसेको पाइएको छ । यद्यपि उनी सोमबार अदालतमा उपस्थित हुने तयारीसहित वीरगञ्ज पुगेका हुन् । शर्माविरुद्ध तत्कालीन सनराइन बैंकमा कार्यरत रहँदा कर्जा कारोबारसँग सम्बन्धित ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

उनीविरुद्ध अञ्जली इन्टरनेशनलले प्रहरीमा जाहेरी दिएको थियो । जाहेरीका आधारमा अघि बढेको उक्त प्रकरणमा अदालतले असोज २ गते नै शर्मालाई पक्राउ गर्न अनुमति दिएको छ । पक्राउ पुर्जी जारी भएपछि पनि उनी केही समय बैंककै काममा संलग्न थिए ।

तर, पछि शर्मा फोर्स लिभको प्रक्रिया अघि बढाएर पर्सा पुगेका छन् । शर्मा निकट स्रोतले उनी धरौटीमा रिहा हुने अपेक्षासहित सोमबार अदालतमा उपस्थित हुने तयारीमा रहेको दाबी गरेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्