Skip to content

विपद्का कारण मुख्य राजमार्गका विभिन्न खण्ड अवरुद्ध

nmb bank inside

काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। शनिबार बिहान ६ः४५ बजेसम्मको विवरणअनुसार रसुवा, मनाङ, म्याग्दी र नवलपरासी पूर्वका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।

रसुवामा गत भदौ १० गते बिहान १०ः३० बजेदेखि बाढीका कारण मुख्य राजमार्गका सबै सडक पूर्ण रूपमा अवरुद्ध छन्। ती सडक अर्को सूचना नभएसम्म सञ्चालनमा नआउने जनाइएको छ।

गण्डकी प्रदेशको मनाङमा बाढीका कारण बेशीसहर हुँदै खाङसार जाने सडक असोज ८ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ।

त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीदेखि अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरसम्मको बेनी–जोमसोम सडकखण्ड पहिरोका कारण असोज १० गतेदेखि पूर्ण रूपमा अवरुद्ध रहेको छ।

नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका–६ घुमाउरीघाटमा पहिरोका कारण कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा रहेको छ। उक्त सडकखण्ड असोज १० गतेदेखि प्रभावित भएको हो।

यस्तै, नवलपरासी पूर्वकै बौदीकाली गाउँपालिका–३ जन्तीमा असोज १४ गते गएको पहिरोका कारण कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा छ। उक्त सडकखण्डमा ठूला सवारीसाधन भने सञ्चालन हुन नसक्ने जनाइएको छ।

कर्णाली प्रदेशको हुम्लामा पनि पहिरोका कारण सडक अवरुद्ध भएको जनाइएको छ। असोज १२ गतेदेखि अवरुद्ध सडकको अवस्थाबारे थप विवरण सार्वजनिक गरिएको छैन।

विपद्का कारण अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले प्रयास गरिरहेका छन्। यात्रुले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्