Skip to content

चिनियाँ राजदूत चाङ माओमिङ कोरोला नाका हुँदै मुस्ताङ पुगे

nmb bank inside

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ कोरोला नाका हुँदै मुस्ताङ पुगेका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले चिनियाँ राजदूत चाङ माओमिङ मुस्ताङ आइपुगेको बताएकी हुन् । 

प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार राजदूत चाङ शनिबार दिउँसो १२ बजेपछि मुस्ताङ आइपुगेका हुन् । उनका अनुसार राजदूतको भ्रमणको विस्तृत उद्देश्यबारे भने हालसम्म जानकारी प्राप्त भइसकेको छैन । 

नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले भनिन्, ‘चिनियाँ राजदूत चाङ माओमिङ दिउँसो १२ बजेपछि मुस्ताङ आइपुग्नुभएको हो । उनको भ्रमणको विस्तृत उद्देश्यबारे अहिलेसम्म जानकारी प्राप्त भएको छैन ।’

राजदूत चाङले मुस्ताङमा जिल्ला प्रशासनसहित जिल्लाका अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको शर्माले बताइन् । यद्यपि सडकको अवस्था र आवागमनको परिस्थितिअनुसार भेटघाटको कार्यक्रम प्रभावित हुनसक्ने उनको भनाइ छ ।

राजदूत चाङ हाल लोमान्थाङमा रहेको बताइएको छ । उनको मुस्ताङ भ्रमणका क्रममा हुने भेटघाट तथा अन्य कार्यक्रमबारे थप विवरण आउन बाँकी छ ।

प्रमुख जिल्ला अधिकारी शर्माले राजदूतको भ्रमणको मुख्य उद्देश्यबारे भने हालसम्म स्पष्ट जानकारी नभएको बताएकी छन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्