बाजुरा । बाजुराको कोल्टी आधारभूत अस्पतालमा निःशुल्क आँखा शिविर सञ्चालन भइरहेको छ । बुद्ध एयरका संस्थापक अध्यक्ष स्वर्गीय सुरेन्द्रबहादुर बस्नेतको स्मृतिमा बुद्ध एयर र एक पाइला फाउण्डेशनको सहकार्यमा आयोजित शिविरमा हिजो (शनिबार) ६१ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो ।
दीपेन्द्र कर्णका अनुसार बुद्ध एयर र एक पाइला फाउण्डेशनको सहकार्यमा आयोजित शिविरमा हिजो (शनिबार) ६१ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । शिविरमा ४२५ जनाको आँखा परीक्षण गरिएको थियो ।
शिविरमा ४२५ जनाको आँखा परीक्षण गरिएको उनले बताए । परीक्षणका क्रममा आवश्यक देखिएका बिरामीलाई निःशुल्क औषधि तथा चश्मासमेत वितरण गरेको उनले बताए ।
निःशुल्क आँखा शिविर शनिबार, आइतबार र सोमबार तीन दिन सञ्चालन हुने उनले बताए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्