काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार तथा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले पार्टीमा पेसागत क्षेत्रका व्यक्तिहरूको अपनत्व बढाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले डाक्टर, इन्जिनियर, प्राध्यापक, पत्रकार, शिक्षकलगायत पेसागत बुद्धिजीवीलाई कांग्रेसको मूलधारमा ल्याउन आफूले १२औँ महाधिवेशनदेखि नै पहल गर्दै आएको बताए।
उनले भने, ‘कांग्रेसलाई पेसागत बुद्धिजीवीहरूको इन्ट्री दिनुपर्छ भनेर महाधिवेशन प्रतिनिधि चाहिँ यी–यी सेक्टरबाट एउटा निर्वाचन क्षेत्रसरहकै महाधिवेशन प्रतिनिधि दिनुपर्छ भनेर मैले १२औँ महाधिवेशनबाट लबिङ गरेको हुँ। त्यतिबेला हामीले त्यो निर्णय गरायौँ। अहिले त्यो विकसित हुँदै आएर ल्याटरल इन्ट्री गर्ने गरी पेसागत एउटा क्लस्टर बन्यो। त्यो क्लस्टरमा मेरो उम्मेदवारी हुन्छ।’
उनले आफ्नो उम्मेदवारी पेसागत क्षेत्रका व्यक्तिहरूलाई कांग्रेसप्रति अपनत्व महसुस गराउने र उनीहरूको राजनीतिक सुरक्षाका लागि रहेको बताए।
‘राजनीति गर्ने मान्छेहरूले राजनीति गर्ने मात्रै नभएर नेपाली कांग्रेसलाई डाक्टरको, इन्जिनियरको, प्राध्यापकको सबैको अपनत्व फिल गर्ने पार्टी बनाउनका निम्ति मेरो उम्मेदवारी हो,’ उनले भने।
आफूले सुरु गरेको अभियान पूरा गर्न महाधिवेशन प्रतिनिधिहरूले साथ दिने र निर्वाचित हुनेमा आफू विश्वस्त रहेको पनि लम्सालले बताए।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्