Skip to content

कांग्रेस १५औँ महाधिवेशन : गगनको लाइनबाट भद्रा पराजुली भण्डारीको केन्द्रीय सदस्यमा दाबी

nmb bank inside

काठमाडौँ। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनको सरगर्मी देशव्यापी रूपमा बढ्दै जाँदा पार्टीभित्र वैचारिक र बौद्धिक परिचय स्थापित गरेकी डा. भद्रा पराजुली भण्डारीको चर्चा चुलिँदै गएको छ।

पार्टीभित्र रूपान्तरण, पुस्तान्तरण र ‘नवीन कांग्रेस’ को एजेन्डा अघि सारेका सभापति गगन थापाको राजनीतिक दृष्टिलाई आत्मसात् गर्दै डा. भण्डारीले आगामी महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने तयारी गरेकी छन्। परम्परागत राजनीतिक शैलीबाट बाहिर निस्केर कांग्रेसलाई समयसापेक्ष, आधुनिक र जनउत्तरदायी बनाउने अभियानमा उनी एक सशक्त वैचारिक पात्रका रूपमा हेरिएकी छन्।

विशेष महाधिवेशनको त्यो सक्रियता-

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा डा. भण्डारीको सक्रियता र वैचारिक प्रस्तुति निकै प्रभावशाली मानिएको थियो। नीति अनुसन्धान तथा प्रशिक्षण विभागमा काम गरेको लामो अनुभवलाई प्रयोग गर्दै उनले कार्यकर्ता पंक्तिमा पार्टीको नव-विचार प्रवाह गर्न खेलेको भूमिका प्रसंशनीय छ ।

गगन थापाको आदर्श र ‘नवीन कांग्रेस’ को संकल्प “जस्तो नेतृत्व, उस्तै नीति” भन्ने मान्यता राख्ने डा. भण्डारी लामो समयदेखि सभापति गगन थापाको वैचारिक लाइनमा अडिग छिन्। गुटगत राजनीतिभन्दा माथि उठेर नीतिगत बहसलाई प्राथमिकता दिने गगन थापाको स्कुलिङबाट खारिएकी उनी भन्छिन्, “१५औँ महाधिवेशन कांग्रेसका लागि केवल नेतृत्व चुन्ने कर्मकाण्ड होइन, यो त पार्टीको भविष्य र रूपान्तरणको दिशा तय गर्ने ऐतिहासिक अवसर हो। सभापति गगन थापाले कोर्नुभएको नवीन कांग्रेसको खाकालाई मूर्तरूप दिन अब केन्द्रीय समितिमा ऊर्जाशील र वैचारिक अनुहारको उपस्थिति अनिवार्य छ।’

बौद्धिक तथा प्राज्ञिक उम्मेदवार-
राजनीतिमा केवल भिड जम्मा गर्ने मात्र नभई विचार निर्माण गर्न सक्ने नेताको खडेरी परिरहेका बेला डा. भण्डारीको उम्मेदवारीलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन्। बागमती प्रदेश कार्यसमितिमा रहेर काम गरिसकेकी उनी निरन्तर समसामयिक राजनीति, पार्टीका चुनौती र महिला नेतृत्वका विषयमा कलम चलाउने प्रखर विश्लेषक तथा लेखकसमेत हुन्।

महिला नेतृत्वको गुणात्मक दाबी-
नेपाली राजनीतिमा महिला सहभागिता केवल ‘कोटा’ मा सीमित भइरहेको गुनासो बढिरहेका बेला डा. भण्डारीको यो उम्मेदवारी भने ‘गुणात्मक र वैचारिक हस्तक्षेप’ का रूपमा अगाडि आएको छ। उनले केन्द्रीय समितिमा चुनाव लड्ने घोषणा गरेसँगै विशेषगरी युवा र रूपान्तरण पक्षधर प्रतिनिधिहरूमा उत्साह थपिएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्