होर्मुज जलमार्गमा इरानी सेनाको कारबाही तीव्र, पाँच दिनमा ७ तेल ट्यांकरमाथि हमला
काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)को नौसेनाले पछिल्लो पाँच दिनमा होर्मुज जलमार्गमा कम्तीमा सातवटा ‘उल्लंघनकारी’ तेल ट्यांकरमाथि कारबाही गरेको इरानी समाचार संस्था फार्सले जनाएको छ ।
फार्सका अनुसार आईआरजीसी नौसेनाले पछिल्ला पाँच दिनमा प्रत्येक दिन कम्तीमा एउटा तेल ट्यांकरलाई निशाना बनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग खुला रहेको र त्यस क्षेत्रमा अमेरिकाको नियन्त्रण रहेको दाबी गर्दै आए पनि इरानले जलमार्गमा आफ्नो नियन्त्रण कडा बनाएको समाचारमा उल्लेख छ ।
स्वतन्त्र सैन्य पर्यवेक्षक मेन्चओसीन्टलाई उद्धृत गर्दै फार्सले शुक्रबार मात्रै होर्मुज जलमार्गमा दुईवटा तेल ट्यांकरमा विस्फोट भएको जनाएको छ । तीमध्ये एउटा जलमार्गको प्रवेशद्वारतर्फ र अर्को बाहिरिने क्रममा विस्फोट भएको बताइएको छ ।
मेन्चओसीन्टका अनुसार यसअघि चार दिनको अवधिमा कुवेतका अल फुन्टास र काजमिहा थर्ड तथा संयुक्त अरब इमिरेट्स (यूएई)का सिनवाद, मर्सीन प्रोस्पेरिटी नामका पाँचवटा जहाजमाथि समेत आक्रमण भएको थियो ।
गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरानसहित इरानका विभिन्न शहरमा संयुक्त सैन्य आक्रमण गरेपछि इरानले इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार र सम्पत्तिलाई लक्षित गर्दै क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो ।
त्यसपछि इरानले होर्मुज जलडमरूमा आफ्नो नियन्त्रण थप कडा बनाउँदै इजरायल तथा अमेरिकासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित जहाजलाई सुरक्षित रूपमा आवतजावत गर्न रोक लगाएको फार्सले जनाएको छ । विश्वको महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक रहेको होर्मुज जलडमरूमा बढेको सैन्य तनावले अन्तर्राष्ट्रिय तेल आपूर्ति तथा ऊर्जा बजारमा थप जोखिम बढाएको छ । सीसीटीभी



Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्