काठमाडौं । श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।
आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले अब राजनीतिक दलहरू राष्ट्र निर्माणका लागि एकजुट भएर अघि बढ्नुपर्ने बताए।
उनले भने, ‘यो महाधिवेशनबाट एउटा अनुरोध गर्न चाहन्छु, अब हामीले कुन पार्टीले कति समय सत्ता चलाउने, कति वर्ष चलाउने भनेर प्रतिस्पर्धा गर्नुभन्दा पनि देशका लागि राम्रो काम गर्ने कुरामा प्रतिस्पर्धा हुनुपर्छ।’
राईले नेपाली कांग्रेस हल्लाद्वारा स्थापित भएको पार्टी नभएको बताए । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि धेरै योद्धाहरूले आफ्नो निजी स्वार्थ र सपना त्यागेर निर्माण गरेको पार्टीका रूपमा कांग्रेसलाई आफूहरूले बुझेको उनको भनाइ थियो।
‘नेपाली कांग्रेस हल्लाद्वारा स्थापित भएको पार्टी होइन, लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि धेरै योद्धाहरूले आफ्नो निजी स्वार्थ र सपना त्यागेर निर्माण गरेको पार्टी हो,’उनले भने ।
उनले आगामी दिनमा राष्ट्र निर्माणका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्