काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टी परित्याग गरेको भनी यसअघि प्रसारित समाचारमा प्राविधिक त्रुटिवश अन्यथा हुन गएकोमा क्षमाप्रार्थी सहित यो समाचार सच्याइएको छ।
हाम्रो भिडियो सामग्रीमा तथ्य सही रूपमा प्रस्तुत भए तापनि प्रविधिक/लेखन त्रुटिका कारण समाचारमा ‘पार्टी छोडेको’ भन्ने उल्लेख हुन गएकाले हाम्रा आदरणीय ग्राहक, सञ्चार माध्यम तथा पाठक वर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ।
नेता खनालले बृहत् वाम एकता र कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्नका लागि ‘समाजवादी जागरण अभियान’ को औपचारिक सुरुवात गरेको बताएका छन् । उनले समाजवादी जागरण अभियान घोषणा गरे पनि पार्टी भने नछोडेको दाबी गरेका छन्।
(नोट: नेपाल न्युज बैंक एजेन्सीका ग्राहक तथा सञ्चार माध्यमहरूले यसअघि सम्प्रेषण गरिएको समाचारको सट्टा यो सच्याइएको परिमार्जित संस्करण प्रयोग गरिदिनुहुन अनुरोध छ ।)
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्