काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमार्फत केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका सुशील भट्टले अग्रज पुस्ताको अनुभव र युवा पुस्ताको जोशलाई जोड्न आफू पुलको काम गर्ने बताए ।
उनले आफ्नो उम्मेदवारी प्रश्न खोज्ने होइन उत्तर खोज्नेहरुका लागि भएको पनि बताए । नेपाली कांग्रेसको विशेष महाधिवेशन जेनजी आन्दोलनको जगमा भएको र सोही अनुरुप १५ औं महाधिवेशनसम्म आइपुगेको उल्लेख गर्दै कांग्रेसमा नयाँ जोश, नयाँ सोच र जिम्मेवार पुस्ताको नेतृत्वसँग जोड्नुपर्ने बताए ।
लामो समय विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा आफूलाई अघि सारेका भट्ट काठमाडौं क्षेत्र नं ७ बाट महाधिवेशन प्रतिनिधि बनेका हुन् ।
३५ वर्षमूनिको युवा समूहबाट खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका उनले सिंगो कांग्रेसलाई आफ्नो टिमका रूपमा लिएको पनि बताए ।
नेविसंघको जहाँ स्कुल त्यहाँ नेविसंघ–२०६५ अभियानमा काम गरेका उनी ग्रामीण आदर्श बहुमुखी क्याम्पस नेविसंघ इकाइको पूर्वसभापति पनि हुन्।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्