Skip to content

कांग्रेस महाधिवेशन :खुलामञ्चमा चहलपहल कम

nmb bank inside

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज तेस्रो दिन बन्द सत्र जारी छ । हिजोदेखि शुरू भएको बन्द सत्रमा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठको प्रतिवेदन पारित हुन बाँकी छ । 

हिजो महामन्त्री प्रदीप पौडेलको संशोधित विधान पारित भएको थियो । सोअनुसार निर्वाचन प्रक्रिया अगाडि बढेको छ । निर्वाचनको लागि उम्मेदवारी दर्ता कार्यक्रम राष्ट्रिय सभा गृहमा चलिरहँदा खुलामञ्चमा बन्द सत्र भइरहेको हो । 

आकर्षण निर्वाचनतर्फ भइरहँदा खुलामञ्चमा चहलपहल कम छ । महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यले बन्द शुरू गरिएको जानकार दिए ।

उनले तीन ओटा हलमा आ–आफ्नो क्लस्टरका महाधिवेशन प्रतिनिधिबीच प्रतिवेदन पेश भएकामा आज शुरूआतमा छुट्टाछुट्टै शुरू भए पनि महाधिवेशन प्रतिनिधि कम उपस्थित भएमा एउटै हलमा समेटेर छलफल चलाइ पारित गर्ने योजना बनाइएको छ ।

संयोजक आचार्यले भने, ‘सभापति गगन थापाले पेश गरेको प्रतिवेदन, उपसभापति विश्वप्रकाश शर्मा,महामन्त्री गुरूराज घिमिरे, कोषाध्यक्ष उमेश श्रेष्ठको प्रतिवेदनमाथि छलफल हुन्छ । त्यसपछि पारित हुन्छ।’

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्