Skip to content

मंगलबार ११.९५ अंकले बढ्यो नेप्से परिसूचक

nmb bank inside

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ ।आज नेप्से परिसूचक ११. ९५ अंकले बढेर २,५७८ को विन्दुमा कायम भएको हो ।

आज १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर मूल्य घटेको छ । आजको बजारमा ३५९ कम्पनीको ८९ लाख ५५ हजार २३० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रोको भएको छ। आज यस कम्पनीको २३ करोड ९१ लाख रुपेयाँको शेयर कारोबार भएको हो ।

यसदिन सबैभन्दा धेरै त्रिशुली जलविद्युतका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.११ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४. ९४ प्रतिशतका दरले गुमाएका हुन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्