काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नानू बाँस्तोलाले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी छन्।
मंगलबार कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भइरहेको नयाँ नेतृत्व चयनको मनोनयन प्रक्रियामा बाँस्तोलाले सहमहामन्त्री पदका लागि उम्मेदवारी दिएकी हुन्।
विद्यार्थी जीवनदेखि कांग्रेस राजनीतिमा सक्रिय बाँस्तोलाले नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य, नेपाल महिला संघको केन्द्रीय सदस्य तथा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यका रूपमा जिम्मेवारी सम्हालिसकेकी छन्। उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकका रूपमा समेत सक्रिय छिन्।
कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न समूह तथा क्लस्टरबाट सहमहामन्त्री पदका लागि उम्मेदवारी दर्ता भइरहेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्