Skip to content

कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका शिव लम्साल भन्छन् : ‘पेशागत सुरक्षामा काम गर्छु’

nmb bank inside

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । 

मंगलबार राष्ट्रिय सभा गृहमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारीपछि लम्सालले पेशाहरुको समस्याहरुका बारेमा पार्टीमा छलफल गर्ने र नीतिगत सुधार गर्ने प्रतिवद्धता जनाए । 

करिब ३० बर्ष पत्रकारिताको अनुभव अब पार्टी राजनीतिमार्फत अघि बढाउने पनि बताए । ‘कांग्रेसले मात्र लोकतन्त्रलाई संस्थागत गर्न सक्छ । मेरो पेशामा लिएको लामो अनुभवलाई अब पार्टीमार्फत सदुपयोग गर्नेछु,’ उनले भने ।

विद्यार्थी राजनीतिदेखि पत्रकारिता र नेपाल प्रेस युनियनको नेतृत्वसम्म हासिल गरेको अनुभवलाई अब पार्टी संगठन निर्माणमा जोड्ने संकल्पसहित उनले उम्मेदवारी दिएको दोहोर्याए । 

सक्षम संगठन, सशक्त कांग्रेस र जिम्मेवार नेतृत्व निर्माणलाई आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य रहेको पनि बताए ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्