Skip to content

कांग्रेस महामन्त्री र सहमहामन्त्रीका उम्मेदवार डा.डिला र धमलाको दाबी : पार्टीको शिर झुक्न दिदैनौं

nmb bank inside

कांग्रेस महामन्त्री र सहमहामन्त्रीका उम्मेदवार डा.डिला र धमलाको दाबी : पार्टीको शिर झुक्न दिदैनौं

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिएका रमेश धमलाले पार्टीभित्र जिम्मेवारी र जवाफदेहीता अनिवार्य आवश्यक्ता भएको बताए । 

१५ औं महाधिवेशनका लागि चुनावी मैदानमा रहेका उनले पार्टीले कूटनीतिक र दुरदर्शिता केन्द्रविन्दुमा राख्नुपर्ने पनि बताए ।

विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य रहेका उनले अनुशासन समितिमा बसेर पनि काम गरेकाले देशभरका कार्यकर्तासँग सम्पर्कमा रहेर काम गरिरहेको पनि बताए । 

धादिङ कांग्रेसका पूर्वसभापति समेत रहेका उनले सहमहामन्त्री पदमा कार्यकर्ताहरुले आफूलाई केन्द्रमा राखेको दाबी गरे । 

त्यस्तै, महिलातर्फ महामन्त्री पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा रहेकी डा.डिला संग्रौलाले कांग्रेस एकताको मियो बनेर उदाहरणीय बन्न चाहेको सुनाइन् ।

आफू संगठनको सुदृढीकरणका लागि जिल्ला जिल्लामा पुगेको र कार्यकर्तासँग एकदमै निकट रहेकाले विजयी हुने दाबी गरिन् । 

‘जेनजी विद्रोहपछि पार्टीभित्र रुपान्तरण र एकताको मुद्दा लिएर अघि बढेकाले सबै पुस्तालाई जोड्ने माध्यम बन्न चाहन्छु,’ उनले भनिन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्