काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन खुला गरेको छ ।
बैंकले नबिल एसएसई फेलोसिपको सातौँ समूह तथा सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको हो । सामाजिक तथा आर्थिक प्रभाव सिर्जना गर्ने उद्यमशील सोच भएका १८ वर्ष वा सोभन्दा माथिका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
फेलोसिप कार्यक्रम त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुनेछ । जसको अवधि ६ महिना रहने बैंकले जनाएको छ । बैंकका अनुसार छनोट भएका सहभागीले कार्यक्रममा कम्तीमा ९० प्रतिशत उपस्थिति जनाउनुपर्ने छ । त्यस्तै, तीन महिनाको सर्टिफिकेट कोर्स विद्यार्थी, प्रारम्भिक चरणका उद्यमी तथा सूक्ष्म एवं साना व्यवसायीलाई लक्षित गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा सहभागीले उद्यम विकास तथा विस्तारका लागि आवश्यक ज्ञान, सीप र क्षमता अभिवृद्धिको अवसर पाउनेछन् । व्यवसायिक अवधारणा विकास, उद्यम व्यवस्थापन, व्यवसाय मोडल निर्माण, व्यवहारिक सिकाइ, विशेषज्ञबाट मार्गदर्शन, सफल उद्यमीसँग अन्तरक्रिया तथा व्यावहारिक अनुभवसमेत कार्यक्रमका प्रमुख पक्ष रहेका छन् ।
बैंकका अनुसार सन् २०२१ देखि सञ्चालनमा रहेको नबिल एसएसईबाट हालसम्म १ हजार ५८० भन्दा बढी सहभागी लाभान्वित भइसकेका छन् । कार्यक्रमका सहभागीले ३१८ वटा उद्यम स्थापना गरेको र १९ हजार ३०३ जनाका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना भएको बैंकको दाबी छ ।
इच्छुक नागसरकले नबिल बैंकको वेबसाइट www.nabilbank.com मा गई नबिल स्कुल अफ इन्टरप्रेनरसीप सेक्सनमार्फत आवेदन दिन सक्नेछन् । आवेदन असोज २६ गते अर्थात् अक्टोबर १२, २०२६ सम्म दिन सकिने बैंकले जनाएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्