Skip to content

नौं महिनासम्म पनि प्रहरीले नपक्रेको अपाङ्गता भएकी महिलाको गुनासो

nmb bank inside

काठमाडौं । आफूलाई अछामका निर्पबहादुर शाहले बलात्कार गरेको र प्रहरीले ९ महिनासम्म पनि पक्राउ नगरेको पीडित युवतिले आरोप लगाएकी छन् । बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो आरोप लगाएकी हुन् ।

कैलाली घोडाघोडी नगरपालिका १० पहलमानपुरकी एक युवतिले अछाम रामारोशन गाउँपालिका सान्तोडाका निर्पबहादुर शाहले आफूलाई बारम्बार बलात्कार गरेको उनको आरोप छ । ९ महिनाअघि काठमाडौंस्थित ३ कुने प्रहरीमा उजुरी दिएको र पक्राउपूर्जी जारी गरेर पनि आजसम्म पनि पक्राउ नगरेकोले मिडियामा आउन बाध्य भएको जनाएकी छन् ।

अभियान्ता सोभा पाठकले परिवर्तनपछि आएको सरकारले पनि पीडितका पक्षमा काम नगरेको आरोप लगाएकी छन् । “यत्रो आशा र भरोसाको सरकारले अझै पनि यस्ता पीडितलाई न्याय दिएन, ९–९ महिनासम्म किन गिरफ्तार गरिरहेको छैन” पाठकले प्रश्न गरिन् । उनले आज बेलुकासम्म निज शाहलाई प्रहरीले पक्राउ गर्ने आशा रहेकोसमते जनाईन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्