Skip to content

शिक्षकलाई सवारी साधन किन्न ब्याज सहुलियत दिने सरकारको तयारी

nmb bank inside

काठमाडौं । सरकारले शिक्षकलाई सवारी साधन खरिदका लागि ब्याज सहुलियत उपलब्ध गराउने व्यवस्था गर्न लागेको छ । शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ मार्फत शिक्षकलाई सवारी साधन खरिद गर्दा लाग्ने ब्याजमा सहुलियत दिने प्रस्ताव गरिएको हो ।

शिक्षा मन्त्रालयले उक्त नियमावली सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ । अर्थ मन्त्रालयको सहमतिपछि प्रस्तावित व्यवस्था कार्यान्वयनको प्रक्रिया अघि बढ्नेछ ।

प्रस्तावित नियमावलीअनुसार माध्यमिक तहका प्रथम श्रेणीका शिक्षकले अधिकतम ५० लाख रुपैयाँ र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको सवारी साधन खरिद गर्दा ब्याज सहुलियत पाउनेछन् ।

त्यस्तै, तृतीय श्रेणीका शिक्षकका साथै निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकलाई भने ४ लाख रुपैयाँसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिदमा सहुलियत दिने प्रस्ताव गरिएको छ ।

सरकारले प्रस्ताव गरेको व्यवस्थाअनुसार बैंकमार्फत सवारी साधन खरिदका लागि लिइने वित्तीय सुविधामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज सरकारले व्यहोर्नेछ । बाँकी २० प्रतिशत रकम भने सम्बन्धित शिक्षक आफैँले व्यवस्थापन गर्नुपर्नेछ ।

प्रस्तावित व्यवस्थाले शिक्षकलाई सवारी साधन खरिद गर्न आर्थिक सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । यद्यपि, यो व्यवस्था हाल प्रस्तावकै चरणमा रहेकाले कार्यान्वयनका लागि सम्बन्धित निकायबाट सहमति र आवश्यक प्रक्रिया पूरा हुन बाँकी छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्