Skip to content

बाढीले बगायो आरुघाटको पुल र स्याउली बजारको सुकुम्बासी बस्ती

nmb bank inside

धादिङ । बुढीगण्डकी नदीमा आएको बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ बिशालनगरस्थित स्याउली बजारको सुकुम्बासी बस्ती बगाएको छ । नदी तटीय क्षेत्रसँग जोडिएको बस्ती सिमेन्ट र बालुवाको घोला जस्तो लेदोले बगाएको हो ।

सुकुम्बासी बस्ती पुरै बगाएको त्रिपुरासुन्दरी गाउँपालिका–२ कृष्ण बहादुर खत्रीले जानकारी दिए । सुकुम्बासी बस्ती र स्याउली बजार गरि करिब ६० घरमा क्षति पुगेको खत्रीले जानकारी दिए ।

बाढीले धादिङ र गोरखा जोड्ने आरुघाटको पक्की पुल पनि बगाएको छ । पुलको गोरखातर्फ आधा भाग बगाएको छ भने धादिङतर्फको सडकमा बाढी उक्लिएको छ । तटीय क्षेत्रका घरहरुमा पनि क्षति पुगेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्