कांग्रेस महाधिवेशन : मधेस प्रदेशको मतपेटिका हराएको समाचार भ्रमपूर्ण : निर्वाचन समिति
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मधेस प्रदेशको मतपेटिका हराएको भन्ने समाचार भ्रमपूर्ण रहेको निर्वाचन समितिले जनाएको छ ।
सञ्चारमाध्यममा मधेस प्रदेशको मतपेटिका हराएको समाचार प्रकाशित भएपछि निर्वाचन समितिले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समाचार भ्रमपूर्ण रहेको बताएको हो ।
निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मतपेटिकामा प्रदेशको नाम उल्लेख नगरिएको र त्यसको सट्टा नम्बर राखेर पहिचान गरिएको स्पष्ट पारेका छन् ।
खड्काका अनुसार निर्वाचनमा प्रयोग गरिएका मतपेटिकालाई प्रदेसको नामका आधारमा नभई क्लस्टर अनुसार नम्बर दिएर वर्गीकरण गरिएको छ ।
मतपेटिकामा मधेस प्रदेश, कोशी प्रदेश वा अन्य प्रदेशको नाम लेखिएको नभई १, २, ३ लगायतका नम्बर राखिएको उनले बताए ।
‘मतपेटिका भनेको क्लस्टरअनुसार गन्दै गएको हो । मधेस प्रदेश भन्ने नै होइन, मतपेटिकालाई हामीले १, २, ३ भनेर नामकरण गरेका छौँ,’ खड्काले भने, ‘मधेस प्रदेशको मतपेटिका हराएको भन्ने समाचार भ्रमपूर्ण हो । हामीले सबै मतपेटिकाको नम्बरिङ गरेका छौँ ।’
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्