काठमाडौँ । सुमन कुमार वाग्लेको नयाँ गीत सार्वजनिक भएको छ । दशैँको मुखमा वाग्लेको ‘बालापन’ गीत सार्वजनिक भएको हो ।
उक्त गीतमा वैदेशिक रोजगारीमा गएर गाउँ फर्किएको युवाले आफ्नो बालापनलाई सम्झिएको दृश्य देखाइएको छ ।
साथै उक्त गीतमा बालापनमा बिताएका समय, बालापनका साथीभाइसँग खेलिएका खेल, मित्रता, परिवारको माया, साथ र सम्बन्धलाई मिठो रुपमा प्रस्तुत गरिएको छ ।
गाउँले जीवनलाई सम्झनामा देखाउन खोजेको उक्त गीतमा विदेशिनुको बाध्यता पछाडिको पीडा र परिवारप्रतिको माया दर्शाउन खोजिएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्