Skip to content

विपद्का कारण तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित

nmb bank inside

काठमाडौँ । विपद्का कारण गण्डकी प्रदेशका तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित भएका छन्।

बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार म्याग्दी, नवलपरासी पूर्व र गोरखामा पहिरो तथा बाढीका कारण सडक आवागमन प्रभावित भएको हो।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ। उक्त सडकखण्ड असोज १० गते बिहान ५ः५० बजेदेखि प्रभावित भएको हो।

त्यस्तै, नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरोमा सडक अवरुद्ध भएपछि कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा रहेको छ। असोज १४ गते दिउँसो ४ः४५ बजेदेखि प्रभावित बनेको उक्त सडकमा ठूला सवारीसाधन सञ्चालन हुन नसक्ने जनाइएको छ।

गोरखामा भने बाढीका कारण सडक आवागमन प्रभावित भएको विवरणमा उल्लेख छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्