Skip to content

अब नेपाल-भारत उडानमा यात्रुले सबै प्रकारका पावर बैंक बोक्न नपाउने

nmb bank inside

काठमाडौं । अब नेपाल भारत उडानमा यात्रुले सबै प्रकारका पावर बैंक बोक्न नपाउने भएका छन् । नेपाल एयरलाइन्सले सूचना प्रकाशन गर्दै माेबिकिन्स एम के पीबी-०४ (MOBIKINS MK PB-04) पावर बैंक लैजान पूर्ण रुपमा प्रतिबन्ध लगाएको जनाएको हो।

भारत नागरिक उड्डयन महानिर्देशनालयको सर्कुलरले उडान सुरक्षालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरेको हो । निगमका अनुसार उक्त पावर बैंक भारतभित्र, भारतबाट वा भारततर्फ सञ्चालन हुने कुनै पनि उडानमा बोक्न पाइने छैन। क्याबिन ह्यान्ड ब्याग, चेक–इन ब्यागेज तथा कार्गोका रूपमा समेत यसको ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

यसअघि दिल्लीबाट चेन्नईतर्फ उडिरहेको इन्डिगो एयरलाइन्सको विमानमा एक यात्रुको पावर बैंकमा आगलागी भएको थियो। उक्त घटनापछि विमानलाई भारतको हैदराबादतर्फ डाइभर्ट गरी आकस्मिक अवतरण गराइएको थियो। यही घटनापछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै भारतीय उड्डयन नियामकले सम्बन्धित मोडेलको पावर बैंकमाथि प्रतिबन्ध लगाएको हो।नेपाल वायुसेवा निगमले नेपाल–भारत यात्रा गर्ने यात्रुलाई प्रतिबन्धित मोडेलको पावर बैंक साथमा नलिई यात्रा गर्न आग्रह गरेको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्