Skip to content

नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व

nmb bank inside

काठमाडौं । नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ, र निर्वाचन सर्वसम्मत भएको छ। 

हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा निर्वाचित भएका छन् ।

सन् २०२६–२०२८ कार्यकालका लागि उनको कार्यसमितिका सबै सदस्य पनि सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

कायलले यसअघि निवर्तमान अध्यक्ष सुनील केसीको कार्यकालमा उपाध्यक्ष तथा श्रीजना राणाको कार्यकालमा कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

उनले पहिलो बैठकबाट विभिन्न पदमा मनोनयनसमेत गरेका छन् । कायलको नेतृत्वमा रहेको कार्यसमितिमा ऊर्जा, उत्पादन, शिक्षा, दूरसञ्चार तथा व्यापार क्षेत्रका व्यवसायी नेतृत्वहरू समेटिएका छन्।

साधारणसभाको उद्घाटन सत्रले नेतृत्व हस्तान्तरणको सन्दर्भ र भावी दिशालाई स्पष्ट पारेको थियो। परराष्ट्रमन्त्री शिशिर खनालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा उनले नेपाल र भारतबीचको आर्थिक साझेदारीको एक महत्त्वपूर्ण आधारस्तम्भ तथा आफ्नो मन्त्रालयको रणनीतिक संस्थागत साझेदारका रूपमा चित्रण गरे ।

निवर्तमान अध्यक्ष सुनील केसीले संस्थागत विकासलाई व्यवस्थित र सुदृढ बनाउनुपर्ने आवश्यकतामा जोड दिए । उनले निजी क्षेत्र र आर्थिक कूटनीतिमा आधारित नेपाल–भारतको संयुक्त आर्थिक प्रणाली निर्माण गर्नुपर्ने धारणा राखे ।

उनले लगानीकर्तासँगको सहकार्य तथा भारतीय दूतावाससम्म चेम्बरका गतिविधि विस्तार गर्ने विषयमा चर्चा गरे । 

प्रमुख वक्ताका रूपमा जवाहरलाल नेहरू विश्वविद्यालयको अन्तर्राष्ट्रिय अध्ययन विद्यालयका डिन तथा पद्मश्री पुरस्कारबाट सम्मानित प्राध्यापक अमिताभ मट्टुले नेपाल–भारत सम्बन्धको संरचनाबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

भारतका लागि नेपालका पूर्वराजदूत डा.शंकरप्रसाद शर्माले चेम्बरका गतिविधिलाई गति प्रदान गरेकोमा केसीप्रति आभार व्यक्त गरे ।

उनले पेट्रोलियम पाइपलाइन, नवीकरणीय ऊर्जा तथा भारतको मध्यम वर्गको विस्तारबाट सिर्जना भएका सम्भावनाहरू औंल्याए । 

नर्वनिर्वाचित कार्य समिति 

कुनाल कायल – अध्यक्ष

करण कुमार चौधरी – उपाध्यक्ष

गौरव तायल – उपाध्यक्ष

बर्णन लामिछाने – महासचिव

शैलजा अधिकारी – कोषाध्यक्ष

सञ्जय अग्रवाल – कार्यसमिति सदस्य

रमेश शर्मा – कार्यसमिति सदस्य

शैलेन्द्र गुरागाईं – कार्यसमिति सदस्य

शशि कान्त अग्रवाल -कार्यसमिति सदस्य

सुसन कर्माचार्य -कार्यसमिति सदस्य

विनय उपाध्याय – कार्यसमिति सदस्य

आशिक श्रेष्ठ – कार्यसमिति सदस्य

चन्द्र टण्डन – कार्यसमिति सदस्य

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्