फूलपातीको अवसरमा दक्षिणकाली मन्दिरमा भक्तजनको भीड (तस्विरहरू
तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक
नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको छ। दशैंको विशेष दिन फूलपातीमा देवी दक्षिणकालीको दर्शन गरी सुख, शान्ति, समृद्धि र परिवारको सुखमय जीवनको कामना गर्ने भक्तजनहरूको घुइँचो लागेको हो। धार्मिक आस्था र भक्तिभावले भरिएको मन्दिर परिसरमा दशैंको रौनकसमेत छाएको छ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्